११ बैशाख २०८१, मंगलवार

दोस्रो चरणको मतदानमा प्रकाशमान सिंहको समर्थन देउवालाई



 

काठमाडौं । नेपाली कांग्रेसको सभापतिका लागि दोस्रो चरणमा मतदान हुने भएपछि प्रकाशमान सिंहले शेरबहादुर देउवालाई समर्थन गर्ने भएका छन् ।

पहिलो चरणको चुनावमा तेस्रो स्थानमा रहेका सिंहले वर्तमान सभापति देउवालाई समर्थन गर्ने सहमति भएको नेता सिंहका निजी सहयोगी युपी लामिछानेले जानकारी दिएका छन्।

पहिलो चरणको मतपरिणाम आएलगत्तै देउवानिकट बालकृष्ण खाँण र वीरबहादुर बलायर प्रकाशमानलाई मनाउन चाक्सीबारी पुगेका थिए।

उनीहरुलगत्तै शेखर कोइरालाले पनि प्रकाशमानलाई भेटेका थिए। विमलेन्द्र निधिले पनि सिंहसँग टेलिफोन कुराकानी गरेका थिए ।

यी नेताहरुसँगको कुराकानीमा प्रकाशमानले साथीहरुसँग सल्लाह गरेर निर्णय दिने बताएका थिए ।



प्रतिक्रिया दिनुहोस !