११ बैशाख २०८१, मंगलवार

टिफरको ठक्करबाट चितवनका युवकको मृत्यु



चितवन। मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१९ दामिटारमा आज बिहान टिफरको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

हेटौँडाबाट मनहरीतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ख १८४९ नं. को टिफरले चितवनबाट हेटौँडातर्फ आउँदै गरेको ना४९प ८२५२ नं. को मोटरसाइकललाई ठक्कर दिँदा चालक चितवनको रत्ननगरका ४० वर्षीय युवराज आचार्यको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेर मोटरसाइकलमा सवार बागलुङको जैमिनीका ३३ वर्षीय नुरबहादुर थापा घाइते भएका छन् । उनको हेटौँडास्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको छ । थापाको अवस्था सामान्य छ । टिफर चालक भने फरार छन् । टिफर चालकको खोजी भने जारी नै छ ।



प्रतिक्रिया दिनुहोस !