७ बैशाख २०८१, शुक्रबार

साफ यू-१९ महिला च्याम्पियन्सिप :आज नेपाल र श्रीलंका भिड्दै



काठमाडौं । बंगलादेशमा भइरहेको साफ यू-१९ महिला च्याम्पियनसिपको दोस्रो खेलमा नेपालले आज श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ ।

ढाकास्थित शहीद सिपाही मुस्तोफा कमल स्टेडियममा हुने नेपाल र श्रीलंकाबीचको खेल नेपाली समय अनुसार दिउँसो २:४५ बजे सुरु हुनेछ । पहिलो खेलमा घरेलु टोली बंगलादेशसँग गोलरहित बराबरी खेलेको नेपाल पहिलो जित हात पार्ने लक्ष्यमा छ । नेपाल १ खेलबाट १ अंक मात्र जोडेर चौथो स्थानमा छ ।

तेस्रो खेल खेल्न लागेको श्रीलंका यसअघि लगातार दुई खेलमा पराजित भएको थियो । श्रीलंका अंकविहीन हुँदै पाँचौ स्थानमा छ । श्रीलंका यसअघि भुटान र भारतसँग समान ५-० ले पराजित भएको थियो ।

 



प्रतिक्रिया दिनुहोस !