२० बैशाख २०८१, बिहीबार

कांग्रेस महाधिवेशन : आज उपसभापतिको मात्रै मतगणना हुने



काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनअन्तर्गत आजदेखि पदाधिकारीको मतगणना सुरु हुने भएको छ ।

केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेका अनुसार आज उपसभापति पदको मात्र मतगणना हुनेछ । आज उपसभापतिको मात्र मतगणना सुरु हुन्छ । त्यसपछि महामन्त्री र सहमहामन्त्रीको मतगणना हुनेछ । उपसभापतिको मतगणना सुरु हुने समय केही बेरमा तय हुने नै छ ।

पदाधिकारीको मतगणना कांग्रेस केन्द्रीय कार्यालय सानेपामा हुनेछ । मतपेटिकाहरू यसअघि नै सानेपा लगिएको छ ।



प्रतिक्रिया दिनुहोस !