२० बैशाख २०८१, बिहीबार

कांग्रेस महाधिवेशन : उपसभापति पदका लागि मतगणना सुरु



काठमाडौँ। नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको मतदानको मतगणना जारी छ ।

सभापतिको मतगण्ना सम्पन्न भइसकेको छ। अरु पदको मतगण्ना अब सुरु हुँदैछ । निर्वाचन समितिले बुधबार उपसभापति पदको मतगण्ना सुरु गर्दैछ । पार्टी कार्यालय सानेपामा उपसभापति पदको मतगणना सुरु गर्न लागिएको निर्वाचन समितिका सदस्य सीताराम केसीले जानकारी दिए। उनले अहिले साढे ४ बजेसम्म मतगण्ना सुरु हुने जानकारी दिए ।

२ जना उपसभापतिका लागि ७ जना प्रतिस्पर्धामा छन्। विजयकुमार गच्छदार, पूर्णवहादुर खड्का, धनराज गुरुङ, डा चन्द्र भण्डारी, महेश आचार्य र दिव्यश्वरी शाह र सुजाता कोइराला उम्मेद्वार छन् । सभापतिमा विजयी शेरबहादुर देउवाको प्यानलबाट गच्छदार र खड्का तथा सभापतिमा पराजित डा. शेखर कोइरालाको प्यानलबाट भण्डारी र गुरुङ उम्मेदवार छन् ।

निर्वाचन समितिले उपसभापतिको गणना सकिएपछि महामन्त्रीको गणना गर्ने जनाएको छ । १३४ सदस्यीय कार्यसमिति महाधिवेशनले चयन गर्नेछ । ती मध्ये सभापतिमा देउवा विजयी भएका छन् भने केन्द्रीय सदस्यमा आनन्द ढुंगना र रमेश रिजाल निर्विरोध निर्वाचित भएका छन् ।
अब १२९ पदको मतगणना हुन बाँकी छ । मतगण्ना सम्पन्न हुन एक हप्ता लाग्न सक्ने निर्वाचन समितिले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !