१८ बैशाख २०८१, मंगलवार

महामन्त्री पदको मतगणना सुरु



काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदको मतगणना सुरु भएको छ ।

पार्टी कार्यालय सानेपामा बिहान साढे १० बजेदेखि मतगणना सुरु भएको निर्वाचन समितिले जनाएको छ । काँग्रेस केन्द्रीय निर्वाचन समिति सदस्य सिताराम केसीले मतगणना तीन स्थानमा सुरु गरिएको जानकारी दिएका छन् । उनकाअनुसार ६ घण्टाभित्र मत परिणाम आइसक्नेछ।

महामन्त्रीका लागि गगन थापा, डा प्रकाशशरण महत, प्रदीप पौडेल, डा मीनेन्द्र रिजाल, डा राजाराम कार्की र विश्वप्रकाश शर्मा प्रतिस्पर्धामा छन् ।



प्रतिक्रिया दिनुहोस !