२० बैशाख २०८१, बिहीबार

कांगेस महामन्त्री मतगणना : गगन थापा पहिलो स्थानमा,गणना भने जारी



काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनअन्तर्गत महामन्त्री पदको मतगणना जारी छ । मतगणनाको प्रारम्भिक नतिजामा गगन थापाले अग्रता लिएका छन् । दोस्रोमा विश्वप्रकाश शर्मा छन् ।

९०० मत गन्दा गगन थापाले ५७५ , विश्वप्रकाश शर्माले ३४१, डा. मीनेन्द्र रिजालले १०१, डा. प्रकाशरण महतले १९३, प्रदीप पौडेलले २०६ र डा. राजाराम कार्कीले १८ मत पाएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

महामन्त्रीका लागि ६ जना प्रतिष्पर्धामा छन् । दुईजना निर्वाचित हुनेछन् । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा तीन स्थानमा मतगणना गरिँदै छ ।



प्रतिक्रिया दिनुहोस !