१५ चैत्र २०८०, बिहीबार

नाचघरमा एक सातासम्म ‘एक चिहान’



काठमाडौं। उपन्यास ‘एक चिहान’लाई यही पुष ३ गते शनिबारबाट रंगमञ्चमा हेर्न पाईने भएको छ ।

उपन्यासकार हृदयचन्द्र सिंह प्रधानको उपन्यासलाई रमेश बिजीले नाटकमा रुपान्तरण गरेका छन् । एक वर्षपछि सांस्कृतिक संस्थान राष्ट्रिय नाचघरले यसलाई पुनः मञ्चन गर्दैछ ।

नाट्यकर्मी वीरेन्द्र हमालको निर्देशन रहने यो नाटक पुष ९ गतेसम्म मञ्चन हुनेछ । विद्यार्थीहरुलाई लक्षित गरेर यसपटक यो उपन्यासलाई नाटकको रुपमा मञ्चन गरिएको हो ।

यसलाई दैनिक बिहान ८ बजे बिहान ११ बजे र दिउँसो २ बजे गरी दैनिक ३ वटा सो मञ्चन गरिने भएको छ । नाटक ७ दिनसम्म नाचघरमा मञ्चन हुनेछ । कक्षा १२ तथा स्नातकका विद्यार्थीहरुका लागि सम्बन्धित स्कुल तथा कलेजले पुरा शो नै किन्न सक्ने पनि नाचघरले जनाएको छ ।

हाल नाटकको अभ्यासको काम भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !