१२ बैशाख २०८१, बुधबार

जित नजिक पुगेसँगै अविर दलिएको अवस्थामा विश्वप्रकाश सानेपामा



काठमाडौं । काँग्रेस महामन्त्रीको जारी मत गणनामा जित नजिक पुगेसँगै विश्वप्रकाश शर्मा सानेपा पुगेका छन् ।

काँग्रेस प्रवक्ता समेत रहेका उनी प्रकाशमान सिंहको प्यानलबाट चुनाव लडेका थिए । सानेपा परिसरमा सञ्चारकर्मीलाई छोटो कुराकानी गर्दै उनले आफूले सबै कुरा सुन्दरी जलमा गएर राख्ने बताए ।

‘अब सबैको काँग्रेस सबैलाई जोड्ने काँग्रेस बनाउँछु । आगामी यात्राबारे सुन्दरीजलको माटो ढोकेर नै सबैकुरा बताउँछु’, उनले भने । काँग्रेसको मतगणना अन्तिम चरणमा पुग्दा सानेपा पुगेका विश्वप्रकाश अविर दलिएको अवस्थामा विजय भावमा  थिए ।



प्रतिक्रिया दिनुहोस !