१२ बैशाख २०८१, बुधबार

कोरोना अपडेट : आज नेपालमा कति जनालाई लाग्यो त कोरोना ?



काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १८४ जना कोभिड संक्रमित थपिएका छन् । ११ हजार १८ वटा नमुना परीक्षण गर्दा १८४ जनामा संक्रमण पुष्टि देखिएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ५६७ पुगेको छ ।

त्यस्तै आज २६७ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ५ हजार ५२६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !