एमालेमा पदाधिकारी सदस्यहरुका कार्यविभाजन, कसलाई कति जिम्मेवारी ? (सूचीसहित)

काठमाडौं । नेकपा (एमाले)का पदाधिकारी र केन्द्रीय सदस्यसहित ३४५ जनाको कार्यविभाजन गरिएको छ ।
कार्यविभाजनानुसार अध्यक्ष केपी शर्मा ओलीले पार्टीको समग्र नेतृत्व गर्ने उल्लेख छ । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नीति अनुसन्धान प्रतिष्ठानको प्रमुखको जिम्मेवारी पाएका छन् ।
यस्तै, उपाध्यक्ष युवराज ज्ञवाली प्रदेश र स्थानीय तह संयोजनको जिम्मेवारीमा छन् । उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले राजनीतिक समन्वय संयोजनको जिम्मेवारी पाएकी छन् ।
बाँकी उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव, स्थायी कमिटी सदस्य, पोलिटब्युरो र केन्द्रीय सदस्यहरूसहित ३४५ जनाको कार्यविभाजन गरिएको छ ।
गएको मंसिर २५ र २६ गते भक्तपुरमा वर्तमान केन्द्रीय कमिटीको दोस्रो बैठक बसेको थियो । उक्त बैठकले कार्यविभाजनसहितका विभिन्न निर्णयहरू गरेको अन्तरपार्टी निर्देशन–१ मा जनाइएको छ ।
उक्त बैठकका निर्णयहरू आज दिउँसो पत्रकार सम्मेलन गरेर पनि जानकारी गराइँदै छ । कतिपय निर्णयहरू यसअघि नै सार्वजनिक भइसकेका छन् ।