ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा हुदैंछ कारोबार ?

काठमाडौँ। आज नेपाली बजारमा सुनको मूल्य बढेको छ ।
आज छापावाल सुनको मूल्य प्रतितोला १ हजार रूपैयाँले बढेर ९४ हजार रूपैयाँमा कमरोबार भइरहेको छ । तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ५०० रुपैयाँमा भइरहेको छ ।
आज चाँदीको मुल्य अघिल्लो कारोबार मूल्यको तुलनामा १५ रुपैयाँले बढेर प्रतितोला १ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ ।