११ बैशाख २०८१, मंगलवार

कोरोनाका कारण ‘मिस वर्ल्ड २०२१’ हालका लागि स्थगित



एजेन्सी। विश्वचर्चित सौन्दर्य प्रतियोगिता ‘मिस वर्ल्ड २०२१’का १७ प्रतिष्पर्धीमा कोरोना पोजेटिभ देखिएपछि यो प्रतियोगिता हालका लागि स्थगित गरिएको छ ।

प्रतियोगिताको समापन बिहीबार सेन जुआनको कोलिसियो डी प्यूर्टो रिकोमा हुँदै थियो । तर समापन अघि नै आयोजकले प्रतियोगिता स्थगित गरेका छन् ।

प्रतियोगिताको आधिकारिक इन्स्टाग्राम एकाउण्टमा आयोजकले एक पोस्ट गर्दै प्रतियोगिता स्थगित गरिएको जानकारी दिएको छ । प्रतियोगितामा सहभागी १७ प्रतिष्पर्धीमा कोरोना पोजेटिभ देखिएको छ । जसमा भारतीय सुन्दरी मनासा पनि छिन् । आयोजकका अनुसार संक्रमितमध्ये सातजना आइसोलेसनमा छन् । अन्य प्रतियोगीहरुका लागि आवश्यक सुरक्षा मापदण्ड अपनाइएको छ । जसकारण कोरोना संक्रमण रोकिनेमा आयोजक विश्वस्त छन् ।

आयोजकले आगामी ९० दिन भित्र पूर्वनिर्धारित स्थानमा प्रतियोगिता आयोजना गर्ने जनाएका छन् । प्रतियोगीहरु र सम्बन्धित कर्मचारीहरुलाई एकान्तवास र निगरानीमा राखिएको छ । स्थानीय स्वास्थ्य अधिकारीहरुको मञ्जुरी पछि उनीहरुलाई घर फर्कन अनुमति दिइने बताइएको छ ।



प्रतिक्रिया दिनुहोस !