१५ चैत्र २०८०, बिहीबार

पद्मकन्याका विद्यार्थीहरु सामाजिक मुद्दामा अध्ययन गर्दै



रत्ननगर। पद्मकन्या बहुमखी क्याम्पस काठामाडौंमा अध्यायन गर्ने विद्यार्थीहरुले विपन्न समुदायका महिलाहरुको सामाजिक मुद्दाको विषयमा स्थलगत अध्ययन गरिरहेका छन् ।

पद्मकन्या बहुमखी क्याम्पसमा स्नातक तह तेस्रो वर्षमा सामाजिक कार्य विषय अध्ययनरत विद्यार्थीहरुले मुसहर, बोटे, थारु र चेपाङ महिलाहरुको आर्थिक, सामाजिक, राजनीतिक तथा शैक्षिक अवस्थाको विषयमा अध्ययन गरेका हुन् ।

विद्यार्थीहरु बस्तीबस्तीमा पुगेर महिलाहरुलाई भेट गरी उनीहरुको अबस्था बुझ्ने र सामाजिक मुद्दाहरुमा बहस गर्ने गरेको सामाजिक कार्य विभाग प्रमुख सुक्रिता राईले बताइन् । विद्यार्थीहरुले त्यसको अलवा विद्यालयमा पुगेर महिला हिंसा र महिला समानताको विषयमा सचेतनामुलक सन्देश फैलाउने काम समेत गरेका छन् ।

उनीहरुले विद्यालयमा सामाजिक कुरितीको अन्त्यको लागि सन्देश दिन नाटक लगायतका अन्य गतिविधि सञ्चालन गरिरहेको राईले जानकारी दिइन् । पर्यटकीय नगरी सौराहालाई केन्द्रित गरेर स्थलगत अध्ययन सुरु गरेका उनीहरुले शहर भित्र लुकेका सामाजिक मुद्दा, आदिबासी तथा विपन्न महिलाहरुले भोग्दै आएको समस्या, राजनीतिक स्तर लगायतका विषयमा सम्बन्धित व्यक्तिहरुलाई भेटेर सोधपुछ गरेका छन् ।

सो क्याम्पसका १०१ जना विद्यार्थीहरु सामाजिक मुद्दाहरुको विषयमा अध्ययन गर्न सौराहा आएको जनसम्पर्क व्यक्ति सिर्जना सिलवालले बताइन् । विद्यार्थीहरुले भोली पुस ३ गते पर्यटकीय नगरी सौराहामा महिला हिंसा न्यूनीकरण तथा महिला समानता सम्बन्धी र्‍याली निकाल्दैछन् ।



प्रतिक्रिया दिनुहोस !