८ बैशाख २०८१, शनिबार

कोभिड खोप अभियानः विद्यालय तथा कलेजमै पुगेर लगाइने



काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बिद्यार्थीका लागि विद्यालय तथा कलेजमै पुगेर कोरोना विरुद्धको खोप लगाउने योजना बनाएको छ ।

आजबाट चावहिलमा रहेको मनास्लु वल्र्ड कलेजमा खोप लगाउन सुरु गरिएको छ । विद्यार्थी बोलाउँदा नआउने सक्ने भएकाले विद्यालय तथा कलेजमै पुगेर कोरोना विरुद्धको खोप लगाउने योजना गरिएको स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले एक कार्यक्रममा बताए ।

मन्त्री खतिवडाले कोरोनाको त्रास अझै कायम रहेकाले संयमित हुन विद्यार्थीलाई आग्रह पुस ४ गतेदेखि खोप प्रदान गर्न सरकार लागिपरेको बताए ।



प्रतिक्रिया दिनुहोस !