१५ चैत्र २०८०, बिहीबार

राप्तीमा प्रथम गडयौली महोत्सव हुदैं



चितवन। पूर्वी चितवनको राप्ती नगरपालिकामा प्रथम गड्यौली महोत्सव हुने भएको छ।

राप्ती नगरपालिका २ स्थित गडयौली चौरमा यही पौष १४ गते देखि २४ गते सम्म महोत्सव हुने भएको हो। बिहीबार आयोजक संस्था गडयौली भिलेजले पत्रकार सम्मेलन गर्दै सो कुराको जानकारी दिएको हो। कृषि,पर्यटन,व्यापार र खेलकुदको प्रवर्द्धनका लागि महोत्सवको आयोजना गर्न लागिएको आयोजक संस्थाका संयोजक गणेश लामाले बताए।

कोरोनाले अस्तव्यस्त बनाएको व्यापारलाई उकास्नु नै यसको मुख्य उद्देश्य हुनेछ। ५० हजार भन्दा बढी दर्शक उपस्थित गराउने महोत्सवको लक्ष्य रहेको छ।

महोत्सवको आयोजना गर्न करिब ३० लाखको लागत लाग्ने पनि बताइएको छ। महोत्सवमै डान्स आइडल हुनेछ। जसमा प्रथम हुनेले २१ हजार, दोस्रो हुनेले १५ हजार र तेस्रो हुनेले ११ हजार प्राप्त गर्नेछन्।

कार्यक्रम सोचेको जति सफल भएर नाफा कमाउने सके गरिब बालबच्चा र जीर्ण अवस्थामा रहेको कोरियन विज्डम स्कुललाई सहयोग गर्ने संयोजक लामाले बताएका छन्।

युग ज्योति युवा क्लबको सह आयोजना रहने उक्त महोत्सवको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले गर्ने पनि आयोजक संस्थाले जनाएको छ।



प्रतिक्रिया दिनुहोस !