१२ बैशाख २०८१, बुधबार

एमाले अध्यक्ष ओली कपिलवस्तु आउँदै



रुपन्देही । नेकपा (एमाले) कपिलवस्तुले आयोजना गर्ने जिल्लास्तरीय जनसभालाई सम्बोधन गर्न पार्टी अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली कपिलवस्तु आउने भएका छन् ।

पुस ६ गते जिल्लाको पश्चिमक्षेत्रमा आयोजना हुने जनसभामा विभिन्न पार्टी परित्याग गरी थुप्रै नेता, कार्यकर्ता एमालेमा प्रवेश गर्ने एमाले कपिलवस्तुले जनाएको छ । जिल्लाको पश्चिम क्षेत्रका पुराना लोकप्रिय नेता मंगलप्रसाद गुप्ता सहित सयौं नेता कार्यकर्ता एमालेमा प्रवेश गर्ने कार्यक्रमलाई सम्वोधन गर्ने कार्यक्रममा अध्यक्ष ओली आउने भएपछि पालिका तहमा व्यापक तयारी गरिएको एमाले कपिलवस्तुले जनाएको छ ।

सो कार्यक्रमको तयारीका लागि नेकपा (एमाले) कपिलवस्तु, नगर कमिटी, गाउँ कमिटीका बैठकहरु संचालन भएका छन् ।

 



प्रतिक्रिया दिनुहोस !