७ बैशाख २०८१, शुक्रबार

भरतपुरमा ट्रकले बच्चालाई ठक्कर दिएपछि स्थानीय उत्तेजित, स्थिति तनावग्रस्त (फोटो फिचर सहित)



चितवन । भरतपुरमा ट्रकले बच्चालाई ठक्कर दिएपछि स्थानीय उत्तेजित भीडले ट्रक जलाईदिएका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार भरतपुरबाट टांँडी तर्फ गईरहेको बागमती प्रदेश ०३–००१ ख १३०६ नम्बरको ट्रकले बसन्तचोकमा सडकमा हिडिरहेको बच्चालाई ठक्कर दिदा बच्चा सख्त घाईते भएका छन् । उत्तेजित भीडले ट्रक जलाईदिएपछि स्थिति तनावग्रस्त बनेको छ ।

हाल प्रहरी, शशस्त्र प्रहरी लगायतको टीम लगायत दमकलले आगो निभाएको कार्यालयका प्रमुख भगवानराज थापाले जानकारी दिए । घटनास्थल अझै साम्य नभएकोले स्थिति नियन्त्रण गर्न प्रयास भईरहेको छ । थप विवरण केही बेरमा,



प्रतिक्रिया दिनुहोस !