१० असार २०७९, शुक्रबार

ए डिभिजन लिग : आज पहिलो पटक मोफसलमा हुँदै



काठमाडौँ। पहिलो पटक मोफसलमा सहिद स्मारक ए डिभिजन लिगको खेल आज शनिबार हुँदैछ ।

एन्फाले पहिलो पटक मोफसलमा प्रतियोगिता गर्दा भिड्नेछन् कीर्तिमानी आठौँ पटक लिग च्याम्पियन मनाङ मर्स्याङदी क्लब र विभागीय टोली नेपाल पुलिस क्लबबीच खेल दिउँसो २ बजे पोखरा रंगशालामा हुनेछ ।

पोखरामा एक खेल हुँदा आज काठमाडौंमा २ खेल हुनेछ । दिनको १ बजे हुने पहिलो खेलमा च्यासल युथ क्लब र जावलाखेल युथबीच प्रतिस्पर्धा हुनेछ । यस्तै दोस्रो खेलमा साँझ पौने ५ बजे थ्रीस्टार क्लब र न्युरोड टिम एनआरटी क्लब आमने सामने हुनेछन् ।

 



प्रतिक्रिया दिनुहोस !