१६ चैत्र २०८०, शुक्रबार

भोलिदेखि विद्यार्थीलाई विद्यालयबाटै कोरोना विरुद्धको खोप लगाइने



चितवन। ५७ जिल्लामा रहेका १२ देखि १७ वर्ष उमेर समूहका किशोर, किशोरीलाई सरकारले भोलिदेखि पुस १४ गते सम्म कोरोना विरुद्धको मोडर्ना खोप दिइँदैछ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विद्यार्थी बालबालिकालाई विद्यालयबाटै खोप दिने तयारी सरकारले गरेको हो। प्रदेश १ का ११, प्रदेश २ का पाँच, बागमतीका सात, गण्डकी, लुम्बिनी, कर्णालीका नौ नौ जिल्ला र सुदूरपश्चिम प्रदेशका सात जिल्ला गरी ५७ जिल्लाका सबै किशोर, किशोरीलाई मोडर्ना खोप दिन लागिएको छ।

त्यस्तै बाँकी २० जिल्लामा भने फाइजर खोप लगाउने मन्त्रालयले जनाएको छ।



प्रतिक्रिया दिनुहोस !