११ बैशाख २०८१, मंगलवार

सातामा ३ प्रतिशत घट्यो नेप्से



काठमाडौं । यस साता नेप्से परिसूचक ३ प्रतिशत घटेको छ । अघिल्लो कारोबार दिन २४४९.९७ विन्दुमा बन्द भएको नेप्से, यस साता २.९९ प्रतिशत अर्थात ७३.२३ अंक घटेर २३७६.७४ विन्दुमा बन्द भएको छ ।

यस साताका ५ करोबार दिनमध्ये ४ कारोबार दिन नेप्से ओरालो लागेको थियो भने एक कारोबार दिन उकालो लागेको थियो । गत मंगलबार नेप्से ६.०१ प्रतिशत अर्थात १३७.१८ अंक बढेर कारोबार अवधिभन्दा पहिलो नै बन्द भएको थियो । त्यसपछिका दुबै कारोबार दिनमा नेप्से ओरालो लागेको थियो ।

यस साता सेन्सेटिभ इण्डेक्स ११.७० अंक, फ्लोट इण्डेक्स ४.९० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.९१ अंक घटेको छ । यस साता नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । गत साता दैनिक औषतमा ३ अर्ब ४१ करोडको शेयर कारोबार भएको बजारमा यस साता दैनिक औषतमा ३ अर्ब २२ करोडको शेयर खरिदबिक्री भएको छ ।



प्रतिक्रिया दिनुहोस !