१५ चैत्र २०८०, बिहीबार

यस्ता कारणहरुले गर्दा पनि हुने रहेछ श्रीमान श्रीमतीमा कम रोमान्स



एजेन्सी। क्षणिक सन्तुष्टको माध्याम मात्र होइन यौन । न सन्तान जन्माउने शारीरिक क्रिया मात्र हो । यसले दम्पतीको शारीरिक तथा भावनात्मक ति आवश्यक्ताहरु पुरा गर्छन्, जो जैविक जीवनका लागि अपरिहार्य मानिन्छ । जुन श्रीमान-श्रीमती यौनमा उदार छन् र त्यसबाट पूर्णत सन्तुष्ट प्राप्त गर्छन्, उनीहरुको मनमा शंका, उपशंका, गुनासो केहीपनि रहँदैन । एकअर्कामा पूर्ण रुपले समर्पित हुन्छन् । यौनले उनीहरुलाई शारीरिक रुपले मात्र जोड्दैन, भावनात्मक रुपले पनि एकाकार गराउँछ ।

दाम्पत्य जीवनमा यौन एक अनिवार्य आवश्यक्ता हो । भनिन्छ, सातामा तीन पटक दम्पतीबीच यौन सम्बन्ध स्थापित हुनुपर्छ । त्यसले उनीहरुलाई मानसिक रुपले निकट ल्याउँछ । साथै यौन सम्पर्कका क्रममा श्राव हुने कतिपय हर्मोनले शारीरिक स्वास्थ्यमा पनि फाइदा गर्छ । केही अध्ययनहरुले यो पुष्टि गरिसकेको छ कि, सक्रिय यौन जीवनमा रमाउने दम्पतिलाई यौनजन्य र अरु थुपै किसिमको रोगले गाँज्न सक्दैन । उनीहरुमा प्रतिरक्षा क्षमता बलियो हुन्छ । नेपाली दम्पतीबीच जुन किसिमको सौहार्द्धपूर्ण एवं प्रेममय सम्बन्ध कायम हुनुपर्ने हो, त्यो निखि्रदै गएको पाइन्छ । यस किसिमको प्रवृत्तिलाई लिएर कतिले चुईगमसँग पनि दाम्पत्य सम्बन्धलाई तुलना गरिएको पाइन्छ । सुरुमा गुलियो र मिठो हुने । तर, क्रमस वेस्वादको हुँदै जाने ।

अहिले धेरैजसोको दाम्पत्य सम्बन्ध चुइगम जस्तै छ, सुरुमा गुलियो र पछि बेस्वादको । यसो हुनुमा धेरै किसिममा भावनात्मक कुराहरुले भूमिका खेलेको छ । यौनलाई ‘छाडा’ मान्ने मानसिकता र कतिपय व्यवहारिक कारणले पनि दाम्पत्यको सम्बन्ध खल्लो हुँदै गएको छ । नेपाली समाजको वर्तमान प्रवृत्ति हेर्ने हो भने पति-पत्नीबीचको भौगोलिक दुरी छ । पति वा पत्नी विदेशमा छन् । उनीहरुका जीवनसाथी स्वदेशमा छन् । पैसा कमाउने, घरखर्च टार्ने, ऋणपान तिर्ने, छोराछोरीलाई पढाउने आकंक्षा पालेर धेरैजसो विदेशिएका छन् । यसरी वैंशालु उमेरमै पति-पत्नी एकसाथ हुन नपाएपछि त्यहाँ गडबड पैदा भएको छ । यसमा दुबैको अतृप्त यौन गडबडीको कारण बनेको छ ।

तर, कथा वैदेशिक रोजागारीसँग मात्र जोडिएका छैन । पति-पत्नी एकसाथ भएर पनि कतिपय दाम्पत्य सम्बन्धमा चिसिएको छ । यसो हुनुमा उनीहरुको व्यस्त दैनिकी, महत्वकांक्षा आदि थुप्रै कारण जोडिएका छन् । अर्को कुरा चाहि, सामाजिक संजाल तथा स्मार्टफोनले पनि अहिले दम्पतीको शयनकक्षा चिसो बनाइरहेको छ । पति वा पत्नी एउटै ओछ्यानमा सुतेपनि उनीहरु सामाजिक सञ्जालमार्फत आ-आफ्नो दुनियाँमा भुलिरहेका हुन्छन् । यसरी भर्चुअल दुनियामा आ-आफ्नै ढंगले रमाइरहेका दम्पतीबीच अन्र्तसंवादको वातावरण त हुँदैन नै, यौन क्रियाको दर पनि पातलिदै गएको छ ।

उच्च जीवनशैली, यौनमा भाँजो : अहिले यौन सम्पर्क शहरीकरणको ठूलो समस्या बन्दैछ । डबल इनकम, आलीशान जीवनशैली, उच्च पारिश्रमिकयुक्त जागिर जस्ता कारणले पनि यौन जीवनमा भाँजो हाल्दैछ । उच्च आय भएका दम्पती अक्सर शयन कक्षामा भन्दा कार्यथलोमा समय विताउन थालेका छन् । दिनभरको कार्यव्यस्तताले थाकेको ज्यान लिएर राती घर पुग्छन् । घरमा पुगेपछि एकछिन टेलिभिजन वा फेसबुकमा रमाउने प्रवृत्तिले पनि दम्पतीबीच रसरंगको वातावरण विथोलिदैछ ।

यौनको रंग र दाम्पत्य सुख : मनोविदहरु भन्ने गर्छन्, ‘सक्रिय र नियमित यौनले दाम्पत्य सम्बन्धलाई सुमधुर एवं मिठासपूर्ण बनाउँछ ।’ त्यसैले नियमित तालिका अनुसार दम्पतीले यौन क्रियामा सहभागी हुनुपर्नेमा उनीहरुको जोड छ । यद्यपी यौन सम्पर्कका लागि रुटिन बनाएर मात्र पुग्दैन, दुबै पार्टनर त्यसका लागि मानसिक तथा शारीरिक रुपमा तयार हुनुपर्छ । सुखमय यौन जीवनले दाम्पत्य सम्बन्धलाई मधुर र बलियो राख्ने मनोविदहरुको भनाई छ ।



प्रतिक्रिया दिनुहोस !