७ बैशाख २०८१, शुक्रबार

आज कति जनामा कोरोना सङ्क्रमण पुष्टि भयो त ?



काठमाडौं। आज देशभरमा थप १ सय ८९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ७ हजार ९९७ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १५८ र एन्टिजेन विधिबाट ३१ जनामा गरि जम्मा १ सय ८९ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

कोभिड–१९ को सङ्क्रमणबाट थप २ जनाले ज्यान गुमाएका छन् । हालसम्म देशभर ११ हजार ५ सय ७२ जनाले ज्यान गुमाइसकेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ लाख ११ हजार ९ सय ३८ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । हालसम्म २ करोड १५ लाख ५७ हजार ०८३ जनाले मात्र कोरोनाविरुद्धको खोप लगाइ सकेका छा् । यसमध्ये ९५ लाख ८२ हजार ४९६ जनाले पूर्ण मात्रा र १ करोड १९ लाख ७४ हजार ५८८ जनाले एक मात्रा खोप लगाएको मन्त्रालयले जनाएको छ ।

यही अवधिमा थप २५० जना सङ्क्रमणमुक्त भएका छन् । नेपाल हालसम्म कूल सङ्क्रमितमध्ये ८ लाख ८ हजार ६०३ जना सङ्क्रमणमुक्त भइसकेका छन् ।

 



प्रतिक्रिया दिनुहोस !