११ बैशाख २०८१, मंगलवार

शिक्षकमा कोरोना पुष्टि भएपछि विद्यालय नै बन्द



काठमाडौं। धनकुटाको पाख्रिबास नगरपालिका९५ स्थित जाल्पादेवी माध्यमिक विद्यालयका एक शिक्षकमा कोरोना संक्रमण पुष्टि भएको छ ।

विद्यालयमा कार्यरत शिक्षकमा कोरोना संक्रमण पुष्टि भएपछि उक्त विद्ययालय पुस १० ९एक साता० का लागि विद्यालय बन्द गरिएको हो। विद्यालयमा कार्यरत ती शिक्षकको कोभिड९१९ परीक्षण गर्दा नतिजा पोजेटिभ आए पछि विद्यालय बन्द गरिएको हो। विद्यालयमा कार्यरत अन्य दुई शिक्षकमा पनि कोभिड सङ्क्रमणको आशङ्का गरिएकोमा नतिजा नेगेटिभ आएको प्रधानाध्यापकको भनाइ छ। उनको अनुसार पोजेटिभ आएका शिक्षक हाल घरकै आइसोलेसनमा छन् ।

१० पुसपछि सङ्क्रमित शिक्षकको अवस्था, अन्य विद्यार्थी र शिक्षकको अवस्था सामान्य रहे विद्यालय सञ्चालन गर्ने र अवस्था असामान्य रहे पुनः बैठक बसेर निर्णय गर्ने उक्त विद्यालयका प्रधानाध्यापकले जनाएका छन्।



प्रतिक्रिया दिनुहोस !