१० बैशाख २०८१, सोमबार

सर्वदलीय बैठकअघि सत्ता गठबन्धनको बैठक बस्दै, यस्ता विषयमा छलफल



काठमाडौं। पाँच दलीय सत्ता गठबन्धनको बैठक आज दिउँसो २ बजे बस्ने बैठकमा संसद्मा जारी अवरोध, एमसीसीलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने जनाएको छ ।

सर्वदलीय बैठक अघि विभिन्न राष्ट्रिय मुद्दामा साझा धारणा बनाउन सत्तारुढ दलको बैठक बोलाइएको हो । प्रधानमन्त्री शेरबहादुर देउवाले ४ बजेका लागि सर्वदलीय बैठक आह्वान गरेका छन् । सो बैठकमा कसरी प्रस्तुत हुने भन्नेबारे साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्न लागेको हो ।

विगत लामो समयदेखि नेकपा एमालेले संसद अवरोध गर्दै आइरहेकाले दुवै सदनका काम कारबाही प्रभावित हुँदै आएको छ । एमालेले आजको बैठकमा पनि सहभागी नहुने बताएको छ ।

 



प्रतिक्रिया दिनुहोस !