१३ बैशाख २०८१, बिहीबार

आजको मौसमः काठमाडौंमा हुस्सु, यी स्थानमा वर्षा र हिमपातको सम्भावना



काठमाडौं । आज पनि देशभर पश्चिमी वायुको प्रभावले मौसम बदली रहने छ । हिमाली तथा उच्च पहाडी भेगमा हिमपातको क्रम नरोकिने मौसम पूर्वानुमान महाशाखाकाले जनाएको छ ।

काठमाडौं उपत्यकामा आज पनि बाक्लो हुस्सु लागिरहेको छ । काठमाडौं उपत्यकामा सोमबार पनि हुस्सु लागेको थियो भने बिहान सामान्य वर्षा भएको थियो ।

हुम्ला लगायत कर्णाली प्रदेशको उच्च हिमाली जिल्लाहरुमा आइतबारदेखि नै हिमपात भएको छ । हिमपात भएसँगै चिसो बढेको छ । तापक्रम माइनसमा झरेसँगै जनजीवन कष्टकर बनेको स्थानीयले जनाएका छन् । हिमपातले उत्तरी नाम्खा गाउँपालिकाको हिल्सा नाका जाने नारा लेख, लिमि जाने न्यालु लेख हिउँले ढाकिएको छ ।

आज दिनभर नै देशभर सामान्य बदली रहनेछ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा हल्का वर्षा हुनेछ ।

त्यस्तै बागमती प्रदेश र प्रदेश १ को एकदुई स्थानमा पनि हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !