१२ बैशाख २०८१, बुधबार

काठमाडौंमा अत्याधिक वायु प्रदूषण, अनावश्यक घर बाहिर ननिस्किन वातावरण विभागको आग्रह

विश्वका सबैभन्दा बढी वायू प्रदूषण भएका ५० शहरमध्ये काठमाडौं पहिलो नम्बरमा



काठमाडौं । सोमबारदेखि मौसममा आएको परिवर्तनसँगै काठमाडौंमा अत्याधिक वायु प्रदूषण बढेको छ। काठमाडौं उपत्यकामा सोमबारदेखि एक्कासी बढेको वायु प्रदुषणले स्वास्थ्यमा नकारात्मक असर पर्न सक्ने भन्दै वातावरण विभागको वायु गुणस्तर मापन केन्द्रकाले अनावश्यक घर बाहिर ननिस्किन सुझाव दिएका छन् ।

काठमाडौं उपत्यकामा वायु प्रदूषण बढेकाले वातावरण विभागले बालबालिका, वृद्धवृद्धा र बिरामीलाई सकेसम्म घरबाट बाहिर ननिस्कन आग्रह गरेको छ । विभागले बालबालिका, वृद्धवृद्धा, श्वासप्रश्वासका र मुटुका बिरामीहरु सकेसम्म घर बाहिर ननिस्कन आग्रह गरेको हो। काठमाडौं उपत्यकामा देखिएको वायु प्रदुषणको खतरालाई मध्यनजर गर्दै बाहिर ननिस्कन आग्रह गरिएको हो ।

यस्तो छ विभागको आग्रह

अहिले सबैभन्दा बढी वायू प्रदूषण भएका विश्वका ५० शहरमध्ये काठमाडौँ सूचीको पहिलो नम्बरमा रहेको छ भने दोस्रो नम्बरमा किर्गिस्तानको बिस्केक, तेस्रो नम्बरमा पाकिस्तानको कराँची, चौथोमा चीनको वुहान, पाँचौंमा भियतनाममको हनोइ, छैटौंमा पाकिस्तानको कराँची, , सातौंमा बंगलादेशको ढाका आठौँमा भारतको मुम्बई छ।



प्रतिक्रिया दिनुहोस !