१९ बैशाख २०८१, बुधबार

काठमाडौंमा आईटी करियर कनक्लेभ आयोजना हुँदै, यसरी सहभागी हुनुहोस्



काठमाडौं । सञ्चार तथा सूचना प्रविधिको मानव जीवनमा पार्ने प्रभाव र प्राविधिक उद्यमशीलताको अवस्थाको विषयमा केन्द्रित पीबीएस आईटी करियर कनक्लेभ काठमाडौंमा आयोजना हुने भएको छ।

लिभिङ विथ आईसीटी र प्रेसिडेन्सीयल बिजनेस स्कुलको संयक्त आयोजनामा आगामी पुस २५ र २६ गते अर्थात जनवरी ९ र १० तारिखमा पीबीएस आईटी करियर कनक्लेभ हुने भएको हो।

मंगलबार पत्रकार सम्मेलन आयोजना गरी कनक्लेभका कार्यक्रम संयोजक पारस डोटेलले आईटी क्षेत्रको विकास र प्रवद्र्धनका लागि कनक्लेभ आयोजना गरिएको बताए।

दुई दिनसम्म सञ्चालन हुने कनक्लेभमा आइटी क्षेत्रका २० जना भन्दा बढी विज्ञहरुले आफ्ना धारणा प्रस्तुत गर्नेछन्। कार्यक्रममा विभिन्न पाँच विषयका सेसनहरु सञ्चालन हुनेछन्।

प्रेसिडेन्सियल विजनेस स्कुलमा आयोजना हुने कार्यक्रममा सूचना प्रविधि क्षेत्रमा करियर बनाउन खोजिरहेको विद्यार्थी तथा शिक्षकहरुले सहभागिता जनाउन सक्नेछन्।

प्रेसिडेन्सियल विजनेश स्कुलको प्राङ्गनमा आयोजना हुने कार्यक्रम विभिन्न अनलाइन, सोसियल मिडियामा प्रत्यक्ष प्रशारण हुनेछ । कार्यक्रममा आमन्त्रित अतिथी र पत्रकारहरु प्रत्यक्ष उपस्थित हुन सक्ने व्यवस्था मिलाईएको छ भने अन्य सहभागिले जुम मार्फत सहभागी जनाउनुपर्नेछ ।

अन्तराष्ट्रिय स्तरमा रहेका केही वक्ताहरु भने भर्चुअल माध्यमबाट प्यानल डिस्कसनमा सहभागि हुनेछन् । कार्यक्रममा सहभागिता जनाउन यहाँ क्लिक गरी नाम दर्ता गर्नुपर्नेछ ।

सूचना प्रविधि क्षेत्रका सरोकारवाला, आइटीमा करियर बनाउन खोजिरहेका विद्यार्थी र शिक्षकहरुको लागि पनि यो कार्यक्रम महत्वपुर्ण हुने विजनेश स्कुलका कार्यकारी निर्देशक लक्ष्मण केसीले बताए ।



प्रतिक्रिया दिनुहोस !