१४ बैशाख २०८१, शुक्रबार

आज २०७७ पौष २२ गते बुधवारको राशिफल



आज २०७७ पौष २२गते बुधवारको राशिफल, ज्योतिष शास्त्रमा अनुसार तपाईको आजको दिन यस्तो रहेको छ ।

मेष


दिनको उत्तरार्ध अधिक सुखद् रहनेछ । आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । आफन्तको प्रगतिमा मन रमाउनेछ ।

मिथुन


महिलावर्गबाट विशेष सहयोग मिल्नेछ । शेयरको कारोवारमा समेत सफलता मिल्नेछ । परिश्रम गर्दा धनार्जन हुनेछ । शिक्षामा सफलता मिल्नेछ ।

सिंह


दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ ।वित्तिय संस्थाबाट सहयोग पाईनेछ । स्वादिष्ट भोजन पाईनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् ।

तुला


स्वास्थ्यमा खरावी रहला । आर्थिक कारोवारमा मन्दी आउनेछ । घर व्यवहारमा झमेला रहला ।

धनु


आज अचल सम्पत्तिको कारोवार हुनेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन् । मनमा शान्ति र अनुहारमा कान्ति छाउला । दाम्पत्य जीवन सुखमय हुनेछ ।

कुम्भ


आज आर्थिक लेनदेनमा समस्या देखा पर्ला । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । यातायात वा वाहनमा खर्च पनि बढ्नेछ ।

वृष


सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ । दैनिक कार्यमा सफलता पाईनेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेकोछ ।

कर्कट


आज आतिथ्यपूर्ण सम्मान पाइएला । प्रेम र मित्रताको बन्धन कसिने बेला छ, तर साँझपख अधिकार प्राप्तिका लागि प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ ।

कन्या


कुटुम्बको सहयोग मिल्नेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । घरमा अतिथीको आगमन हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ ।

वृश्चिक


आज शुभकार्यको चर्चा चल्नेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । विशिष्ठ व्यक्तिको साथ पाईनेछ । छोटो दुरीको लाभदायक यात्रा रहला ।

मकर


सामाजिक कार्यमा मन जाला । आज वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । दैनिक कार्यमा प्रगति हुनेछ ।

मीन


श्रमको उचित मूल्यांकन होला । आजको समय उत्साहवर्द्धक नै रहला । नयाँ ज्ञान प्राप्त हुने योग छ । धन लाभ समेत हुनेछ ।



प्रतिक्रिया दिनुहोस !