१४ बैशाख २०८१, शुक्रबार

वायु प्रदूषण निकै बढेको हुँदा केही दिन मर्निङ वाकमा ननिस्किनु: स्वास्थ्य मन्त्रालय



काठमाडौं । केही दिन यता मौसममा आएको परिवर्तनसँगै काठमाडौं उपत्यकाको वायु प्रदूषण निकै बढेको हुँदा सावधानी अपनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अपिल गरेको छ ।

वायु प्रदूषण अत्याधिक बढेको हुँदा मानव स्वास्थ्यमा असर पर्नसक्ने अवस्थालाई मध्यनजर गर्दै सचेत रहन सबैमा मन्त्रालयले अपिल गरेको हो ।

मन्त्रालयले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै हालको वायु प्रदूषणको अवस्थालाई मध्यनजर गरेर आकस्मिक रुपमा निम्नअनुसारका काम गर्न सरोकारवालाहरु सबैमा अनुरोध गरेको छ ।



प्रतिक्रिया दिनुहोस !