८ बैशाख २०८१, शनिबार

चिलीका राष्ट्रपतिलाई मास्क नलगाएकोमा तिराइयो ४ लाख जरिवाना



एजेन्सी । कोरोनाभाइरस महामारीमा लगाइएका प्रतिबन्ध अवज्ञा गरेपछि चिलीका राष्ट्रपति सेबास्टियन पिन्येरालाई ३ हजार ५०० डलर अर्थात् (४ लाख ११ हजार रुपैयाँं) जरिवाना तिराइएको छ ।

यो महिनाको सुरुवातमा एक महिलासँग बिना मास्क तस्वीर खिचेका राष्ट्रपति पिन्येराले महामारी नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध तोडेको भन्दै जरिवाना तिराइएको बीबीसी हिन्दीले जनाएको छ ।

सोसल मिडियामा भाइरल भएको ती महिलासँगको राष्ट्रपति पिन्येराको सेल्फी तस्वीरमा दुबै जनाले मास्क लगाएको देखिदैन ।

चिलीमा मास्क नलगाउँदा जरिवाना र जेल सजायको पनि प्रावधान छ । वर्ल्डोमिटर्सका अनुसार चिलीमा ५ लाख ८३ हजारभन्दा बढी संक्रमित भएका छन् ।



प्रतिक्रिया दिनुहोस !