१२ बैशाख २०८१, बुधबार

भारतमा कोरोनासँगै बर्डफ्लुको त्रास, हजारौं कुखुरा र पशुपन्छी नष्ट



एजेन्सी। कोरोना संक्रमणको महामारीसँगै भारतमा एच ५ एन ८ बर्डफ्लु देखा परेको छ । बर्डफ्लुको देखा परेसगैं भारतमा त्रास फैलिएको छ । मध्य प्रदेश, गुजरात, केरला, हिमाञ्चल र महाराष्ट्रमा बर्डफ्लु संक्रमण फैलिएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

बर्डफ्लु मध्यप्रदेशमा कागबाट बर्डफ्लु फैलिएको स्वास्थ्यकर्मीले बताएका छन । बर्डफ्लु फैलिएपछि हजारौं कुखुरा र पशुपन्छीहरु नष्ट गरिएको छ । हिमाञ्चल प्रदेशमा २ हजार ४ सय पशुपन्छी बर्डफ्लुका कारण मरेको जनाएको छ ।

पन्छी मरेपछि हिमाञ्चलमा हाललाई कुखुरा, हाँस र पशुपन्छीको मासु प्रयोगमा प्रतिवन्ध लगाउन आग्रह गरिएको छ । बर्डफ्लु देखिएको राज्यहरुमा कुखुरा, हाँस र माछा पसल खोल्न र बिक्रीमा प्रतिबन्ध लगाईएको छ ।



प्रतिक्रिया दिनुहोस !