१४ बैशाख २०८१, शुक्रबार

लिभरपुलसँग क्रिस्टल प्यालेसको लज्जास्पद हार



एजेन्सी । प्रिमियर लिग फुटबलमा क्रिस्टल प्यालेसले लिभरपुलसँग लज्जास्पद हार ब्यहोरेको छ ।

शनिबार राति भएको खेलमा रोबर्टो फिर्मिन्हो र मोहमद सलाहाले दुईदुई गोल गर्दै लिभुरपुललाई ७(० को फराकिलो जित दिलाए ।

क्रिस्टलको घरेलु मैदानमा लिभरपुलको जितमा अरू तीन गोल तकुमी मिनामिनो, साडियो माने र जोर्डन हेन्डरसनले गरे ।

जितसँगै शीर्ष स्थानको लिभरपुलले तालिकामा ६ अंकको स्पष्ट अग्रता लिएको छ । पराजित क्रिस्टल भने १७ अंकसहित तालिकाको १४औँ स्थानमा छ ।



प्रतिक्रिया दिनुहोस !