१२ बैशाख २०८१, बुधबार

ट्रम्पको ट्वीटर एकाउन्ट १२ घण्टालाई बन्द



एजेन्सी । ट्वीटरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एकाउन्ट १२ घन्टालाई बन्द गरिदिएको छ ।

बुधबार राष्ट्रपति ट्रम्पले संसद भवनभित्र छिरेका हुलदंगाकारीको भिडिओ ट्वीटरमा पोष्ट गरेलगत्तै सोसियल भ्वाइलेन्सलाई प्रवर्द्धन गर्न खोजेको भन्दै ट्वीटरले ट्रम्पको ह्यान्डल लक गरेको हो ।

फेरि आफूले जितेको चुनाव खोसिएपछि यस्ता प्रदर्शन हुनु स्वाभाविक भएको उल्लेख गर्दै ट्रम्पले भिडियो पोष्ट गरेपछि ट्वीटरले आफ्नो कम्पनीको नियमविपरीत भएको जनाउँदै ट्रम्पको ह्यान्डल लक गरेको हो ।

ट्रम्पका ट्वीटरमा ८ करोड ८७ लाख फ्लोअर्स छन् ।



प्रतिक्रिया दिनुहोस !