१२ बैशाख २०८१, बुधबार

अमेरिकाको संसद भवनमा आक्रमणः मृत्यु हुनेको संख्या चार पुग्यो



काठमाडौं । अमेरिकाको राजधानीमा भएको प्रदर्शनको क्रममा ज्यान गुमाउनेको संख्या चार पुगेको छ।

राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले संसद भवनमा गरेको आक्रमणको क्रममा एक महिलाको गोली लागेर तथा अरु तीनजनाको ‘आकश्मिक स्वास्थ्य समस्या’ का कारण निधन भएको प्रहरीले जनाएको छ ।

वासिङ्गटन डिसी प्रहरीका अनुसार बुधबार भएको प्रदर्शन तथा झडपको क्रममा चारजनाको मृत्यु भएको उल्लेख गरेको हो । एक महिलाको संसद भवनमै गोली लागेर मृत्यु भएको हो ।

अरु एक महिला तथा दुई पुरुषको ‘आकश्मिक स्वास्थ्य समस्या’ का कारण मृत्यु भएको डिसी प्रहरी प्रमुख रोबर्ट कोन्टीले बताएका छन् । तर उनले मृत्यु हुने थप तीनजना संसद भवनको झडपमा सहभागी भए–नभएको जानकार नदिएको सिएनएनले उल्लेख गरेको छ ।

राजधानीमा भएको झडपको क्रममा कम्तिमा १४ सुरक्षाकर्मी घाइते भएका छन् । अहिलेसम्म प्रहरीले ५२ जना भन्दा बढिलाई पक्राउ गरेको छ । त्यसमध्ये ४७ जना कर्फ्यू उल्लंघन गरेका कारण पक्राउ परेका हुन् ।



प्रतिक्रिया दिनुहोस !