१२ बैशाख २०८१, बुधबार

महानगरप्रमुख शाक्यले नै पाएनन् कोरोना बीमा



काठमाडौं । विभिन्न आकर्षक प्रलोभन देखाएर बीमा कम्पनीले कोरोना संक्रमण बीमा गरे पनि त्यसको भुक्तानी सर्वसाधारण जनताले मात्र होइन जनप्रतिनिधिले समेत रकम पाउन सकेका छैनन् ।

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यसहित १ सयभन्दा बढी जनप्रतिनिधिले कोरोना संक्रमण भएपछि बीमा दाबी गरेर निवेदन दिएको दुई महिना बित्दासमेत रकम पाउन नसकेको गुनासो गरेका छन् ।

दुई महिनाअघि नै काठमाडौं महानगरपालिका प्रमुख तथा कर्मचारीहरुले भुक्तानीका लागि निवेदन दिएको भए पनि अहिलेसम्म रकम पाउन नसकेको गुनासो उनीहरुले गरेका छन् ।

महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलका अनुसार जनप्रतिनिधि र कर्मचारी गरी १ सयभन्दा बढीको बीमा रकम दाबी गरेर बीमा कम्पनीमा बुझाएको भए पनि विभिन्न बहाना बनाएर अहिलेसम्म ४० जनाको मात्रै रकम भुक्तानी गरेको र अन्यको रकम पाउन सकेका छैनन् ।

महानगरपालिकाले महानगरप्रमुखसहित जनप्रतिनिधि तथा कर्मचारी गरी १ हजार ९ सय ८२ जनाको एकमुष्ट कोरोना संक्रमण बीमा गरेको थियो । कोरोना बीमा गरेकामध्ये १ सयभन्दा बढीलाई कोरोना संक्रमण भएको आजको नेपाल समाचारपत्र दैनिकमा खवर छापिएको छ ।



प्रतिक्रिया दिनुहोस !