१२ बैशाख २०८१, बुधबार

भुटानमा कोरोना संक्रमणबाट पहिलो मृत्यु



एजेन्सी । कोरोना महामारीका कारण भुटानमा पहिलो पटक एक जनाको मृत्यु भएको छ । भुटानी स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबार ३४ वर्षीय एक पुरूषको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

डिसेम्बर २१ मा कोरोना पुष्टि भएका उनी अस्पतालमा भर्ना भई उपचाररत थिए । मृतक पहिलेदेखिनै कलेजो र मिर्गौलाको समस्याबाट पीडित भएको बताइएको छ । जिग्मे दोर्जे वान्चुक नेशनल रेफरल हस्पिटलमा भर्ना भएका उनको उपचारकै क्रममा मृत्यु भएको हो ।

विश्वभर लाखौँ मानिसको ज्यान लिइसकेको कोरोनाका कारण भुटानमा यो पहिलो मृत्यु हो । भुटानमा हालसम्म कोरोना संक्रमितको संख्या ७ सय ७१ पुगेको छ । जसमा ४ सय ६५ जना संक्रमणमुक्त भैसकेका छन् भने सक्रिय संक्रमितको संख्या ३ सय ५ रहेको भुटानी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !