१३ बैशाख २०८१, बिहीबार

छाउघर हैन, बिचार भत्काउ !



रेखा सारु

मेरो घर पुर्ब, अनि मेरो संस्कार पुर्बेली । पुर्ब कै रहनसहनमा हुर्केकी म आदिबासी जनजाति समुदायकी हुँ । सारु मगरको परिवारमा मेरो जन्म भयो । भौतिक शरिर र लिङ्गको आधारले समाजमा म एक स्त्री भनेर चिनिए । यो मेरो पहिचान हो, म स्वीकार गर्छु आफ्नो लैगिक पहिचान। मलाईआफु छोरी हुनुमा गर्ब लाग्छ ।


ग्रामिण जनजीबन , सानै देखि आफुले सक्ने काम गरि आमाबुवालाई सघाउनु पर्थ्यो। मलाई अझै ताजा स्मरण छ घर नजिकैको पधेरोमा साथिहरुसँग पानी भर्न गएकी थिए । साथिसँग कुरा गर्दै बाल्टिनले पानी भर्न थाले। भर्खर डोकोमा रहरले पानी बोक्न सक्ने भएकी थिए । सबै कुरा रहर लाग्ने ११ /१२ बर्षको उमेर न थियो। सबै नयाँ लाग्ने नसक्ने काम ,सिकाईका कुराहरु सबै आफै गरौँ झै लाग्ने बेला थियो त्यो । तेहीबेला गाउँकी अर्कि साथी हातमा एउटा झोला बोक्दै पधेरोको बाटो हुदै आई। पधेरो नजिकै आईपुगेपछि म सँगै पनि भर्दै गरेकी साथिले सोधि – “कता हिनेकी ?” उनले भनिन “म त नछुनी भएँ। माथि काकाको घर जान लागेकी ।” मलाई यो कुराले त्यो बेला खासै फरक पारेन । किनकी मैले त्यो कुराको अनुभव गरेकी थिईन।

मेरो घरमा जब ठुलि दिदि छोइ हुनुभयो त्यो बेला उहाँलाई पनि पर अरुकै घरमा सारेको थियो रे किनकि घरको वरपर छिमेकि सबै क्षेत्रि, बाहुन भएकोले चलेको चलन अनुसार भएर होला मेरी दिदिलाई पनि त्यसरी छोई बार्न लगाइएको थियो । जब मेरी दिदिलाई पहिलोपल्ट रजस्वला भयो त्यो बेला एकदमै गाह्रो भको थियो रे। उहाँले घरमा आएर आमालाई भन्नुभएछ । त्यो कुरा आमाले बाबालाई सुनाउनु भएछ । त्यस पछि मेरो बाबाले रजस्वला हुदा अब देखी मेरी छारीलाई अरुको घरमा पठाउदिन भनेर त्यो छोई बार्ने चलनलाई उहाँले आफ्नो मस्तिष्क र घरबाट त्यो दिन देखि सधैको लागि हटाउनु भएको थियो । मेरो बाबाको पहिलो सन्तानको रुपमा मेरि दिदिले जन्म लिनुभएको हुदाँ छोरीलाई असाधै माया गर्नुहुने मेरो बाबाले । मेरी छोरीलाई छुई भएको बेला गाह्रो हुन्छ, भने अब देखि यो चलनलाई म मान्दिन भनि बाबाले यो कुरीतिलाई त्यागेदेखी आज म पनि रजस्वला हुदा पर सर्ने वा बार्ने चलनबाट मुक्त भएकी हुँ। त्यो बेला मेरो बाबाले त्यो कदम चाल्न नसक्नु भको भए म नि पहिलो पटक महिनावारी हुदाँ त्यो चलन अनुसारको चल्तिमा पिल्सिन पुग्थे ।

अहिले आएर जब प्रबिधिमा सबै कुरा चल्न थाल्यो विकासकै हिसावले सुचना प्रवाहले गर्दा यति छिटो सुचना मानिसभए ठाउँमा पुग्न थाल्यो कि विश्वमा के भैरहेछ भन्ने कुरा घरघरमै बसेर थाहाँ पाउन सक्छौ अब हामि ,गएको गत साता समाचारमा सुने सुदुर पश्चिमा छाउघर भत्काउ अभियान सुरु , मन मस्तिष्कमा हान्यो , त्यो समाचारले सोच्न बाध्य बनायो किनकि मैले छाउघरको विषयमा पत्रपत्रिका , समाचामा सुनेको छु । महिनावारी सम्बन्धि लेखिएका पुस्तकहरु अध्यन समेत गरेकी छु । जब समाचारमा सुन्छु सुदुरपश्चिमा छाउघरमा बस्दा सर्पले टोकेर महिलाको मृत्यु, म नि स्त्री हु महिनवारी हुदाँको पिडा मैले नि भोगेकि छु नि तर उहाँहरुको जस्तो छाउघरमा बसेर नबारे पनि महसुस गर्नसक्छु नि नारी हु ।

कहिले छाउघरमा नै बलात्कार !

छाउँघरमा नै आगलागि !

कहिले छाउघरमा बस्दाबस्दै रगत धेरै बगेर , कमजोरीका कारण मृत अवस्थाम महिला !

निशब्द हुन्छु ! यस्ता घटनाले प्रश्न गर्न मन लाग्छ , चलन र संस्कारको जालोमा बेरिएर एउटा प्राकृतिक रुपमा हुने महिनाबारीको प्रकियालाई संस्कारको रुपमा मान्दै आउने हाम्रो समाज संस्कारको आडमा रहेर आमा बन्ने र सृष्टि चल्ने नियमलाई चलेको चलन भन्दै कुसंस्कार बनाएर जगेडा गर्ने समाज । एक नारीको प्रश्न के महिनाबारी हुनु अपराध होरु किन एउटा प्राकृतिक नियमलाई पर सार्ने, बार्ने, छाउघरमा राख्ने यो संस्सरलाई म, हामि नारीको लागि कुसंस्कारको नाम दिन्छु ।

तपाईहरु देवि मान्नुहुन्छ , पुजाआजा गर्नुहुन्छ भने के देवि नारी हैन के देविलाई महिनाबारी हुदैन , हुदैन भने भन्नुस गलत सावित गरेर प्रमाणित गर्नुस नत्र तपाइले पुज्ने देविको पनि महिनामा ७ दिन बार्नुस पुजा नगर्नुस तर तपाईहरु त हप्ता, महिना,बर्ष सबै जसो दिन पुजा गर्नुहुन्छ । किन ? अनि एउटा महिला प्राकृतिक रुपमा महिनावारी हुदाँ किन छाउघरमा राख्ने अनि जगन्य अपराध बलात्कार गर्न पनि पछि नसर्ने मेरो समाज वा धन्य छ ।

एउटा गाईबस्तुलाई बस्ने गोठ तपाईहरु कति ठुलो र फराकिलो बनाउनु हुन्छ । महिनाबारी हुदा महिला बस्ने छाउघर किन सानो , अनि अध्यारो बनाईन्छ । किनकि सोचले बनायो मनले बनायो, मस्तिष्कमा हान्यो र आफ्नै हातले बनाउनु भयो, पिडादायि छाउघर हामिले भान्सामा जानपाउँ, पुजाकोठा, मठमन्दिरमा पस्न पाउनुपर्छ भन्ने हाम्रो मान्यता हो तर माग हैन । अनि महिनावारी भएको बेला सफा, सुरक्षित, पोषिलो खाना र आराम पाउनु पर्छ भन्ने हाम्रो माग हो । त्यसैले न कि छाउघरमा कोचिएर, गुफामा थुनिएर, अध्यारो कोठामा बसेर संस्कार मान्नुपर्छ भन्ने पृत्रिसत्तात्मक आदेशको घोर भत्सना गर्दै यो सरासर कुसंस्कार हो भन्न चाहान्छु ।

छाउघर भत्काउदैमा यो चलन मेटिदैन, आज छाउघर भत्काउनु भयो भोलि तेहि हातले बनाउछौ हामि । के छाउघर भत्काउनु यसको मुलजरा नै काटिनु हो त पक्कै पनि हैन तब सम्म मानिसको मस्तिष्कबाट यो चलन संस्कारको नाममा, कुरिति र कुसंस्कार हो भनेर जब सम्म मानिसको सोचबाट छाउघर भत्किदैन र महिनावारी भनेको सृष्टि हो , आमा हो र प्राकृतिक नियम हो भने धारण बुझाउनु सक्नुहुन्न तब सम्म रहिरहिन्छ, छाउघरको चलन ।

केहि अभियान्ताहरु जानुहुुन्छ छाउघर भत्काउ अभियानमा, म के भन्न चाहान्छु भने ठुला ठुला महलहरु त मानिस बस्न छोडेपछि कालान्तरमा आफै भत्किएर जान्छ भने छाउघर भनेको के होर ? एक दुई पटकको हावाहुरी र पानीले आफै भत्केर जानेछन । ठुला ठुला बजेटको योजना बनाएर छाउघर भत्काउनका लागि जानु पदैन । मन मस्तिष्कमा बलियो खाबो गाडेर बसेका, जरो गाडेर बसेका कुसंस्कार र कुबिचारलाई भत्काई दिनुस, छाउघरहरु आफै विलय भएर जानेछन ।



प्रतिक्रिया दिनुहोस !