१४ बैशाख २०८१, शुक्रबार

यस्तो छ आजको मौसम पूर्वानुमान



काठमाडौं । अहिले नेपालको पहाडी भू-भागमा आंशिक बदली रहेको छ। बिहानैबाट तराईका विभिन्न भागमा बाक्लो हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल नेपालमा उल्लेख्य मौसमी प्रणाली नभए पनि स्थानीय वायु तथा पश्चिमी वायुको सामान्य प्रभावका कारण मौसम बदली हुने सम्भावना रहेको मौसमविदले बताएका छन् ।

आज दिउँसो प्रदेश १, २ र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली रही गण्डकी प्रदेशमा आंशिक बदली रहनेछ। साथै यी चार प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना समेत रहेको महाशाखाले जनाएको छ । तराईका भू-भागमा बाक्लो हुस्सु कुहिरोको संभावना रहेको छ भने देशका अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।



प्रतिक्रिया दिनुहोस !