१४ बैशाख २०८१, शुक्रबार

पश्चिमी वायुको प्रभावले आज तराईमा बाक्लो हुस्सु लाग्ने



काठमाडौं । पश्चिमी वायुको प्रभावले आज पनि तराईमा बाक्लो हुस्सु लागेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले मुलुकभर पश्चिमी वायुको प्रभावले पूर्वी, मध्य र पश्चिम तराईका अधिकांश स्थानमा बाक्लो हुस्सु लागेको छ । तर, दिउँसोसम्म हुस्सु खुलेर घाम लाग्ने मौसमविदले जानकारी दिए ।

महाशाखाका अनुसार मुलुकभरको तापक्रम घट्दै जाँदा चिसो बढेको महसुस भएको छ । आज बिहान काठमाडौँ उपत्यकाका तापक्रम ३.३ डिग्री सेल्सियस मापन गरिएको छ ।

तराईका जिल्लाहरूमा सबैभन्दा कम बाराको सिमराको तापक्रम ४.५ डिग्रीमा झरेको छ । केही दिनयता तराईका जिल्लाहरुमा अधिकांश समय हुस्सु लागे पनि शितलहर भने भइनसकेको महाशाखाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !