२१ बैशाख २०८१, शुक्रबार

‘दि भ्वाइस अफ नेपाल’मा जज परिवर्तन



काठमाडौं । रियालिटी शो ‘दि भ्वाइस अफ नेपाल’को सिजन ३ मा कोच (जज )को रुपमा गायिका आस्था राउत नरहने भएकी छिन् । उनि यो वर्ष नभ्याउने भएपछि उनको स्थानमा गायिका तिर्सना गुरुङलाई राखिने भएको छ ।

‘दि भ्वाइस अफ नेपाल’का निर्देशक लक्ष्मण पौडेलले आस्थाले समय दिन नसक्ने भएपछि उनले सहमतिमै शो छाडेको जनाएकि छिन् ।

‘दि भ्वाइस अफ नेपाल’को तेश्रो संकरणमा कोचको रुपमा आफू जोडिन पाउँदा निकै उत्साहित रहेको तिर्सनाले बताइन् ।

अहिले ‘दि भ्वाइस अफ नेपाल ३’को डिजिटल अडिसन चलिरहेको छ । एक महिनापछि हिमालय टेलिभिजन एचडीबाट यो शो प्रशारणमा आउनेछ ।

शोमा कोचको रुपमा गायकत्रय दिप श्रेष्ठ, प्रमोद खरेल र राजु लामा भने यथावत् नै छन् । यसअघि टिम दिप र टिम प्रमोदका प्रतिस्पर्धीले यो शोको टाइटल जितिसकेका छन् । यसपटक के राजु लामा आफ्नो टिमले शोको टाइटल जित्छ भन्ने अपेक्षा गरिरहेका छन् त ? राजु भन्छन्– ‘जित्नु नै सबै कुरा होइन । म सधै नै आफ्नो टिममा आउने प्रतिस्पर्धीले उत्कृष्ट काम गरेको हेर्न चाहन्छु । यसैले मलाई जित्नैपर्छ भन्ने दबाब छैन ।’

‘दि भ्वाइस अफ नेपाल’को नयाँ सो गत बर्षको भन्दा झनै उत्कृष्ट बनाउने निर्माण युनिटले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !