१४ बैशाख २०८१, शुक्रबार

यस्तो छ आजको मौसम पूर्वानुमान



आज । देशमा दक्षिण पूर्वी अरब सागरमा बनेको न्यून चापीय क्षेत्र तथा पूर्वी बिहारमा बनेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

अहिले देशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ । तराईका भू–भागमा बाक्लो हुस्सु–कुहिरो लागेको छ

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो प्रदेश नं १, सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेशका धेरै भू–भागहरूमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ।

सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च हिमाली भू–भागका एक दुई स्थानमा हल्का हिमपात र प्रदेश नं १ का एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

आज राति प्रदेश १ र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहने महाशाखाले जानकारी दिएको छ । त्यसैगरी देशका अन्य भू–भागहरुमा आंशिक बदली रहनेछ ।गण्डकी प्रदेशका उच्च हिमाली भू–भागका एक दुई स्थानमा हल्का हिमपात र प्रदेश नं १ एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !