२० बैशाख २०८१, बिहीबार

भोलिदेखि साउथ इन्डियन फिल्म ‘मास्टर’ नेपालमा पनि प्रदर्शन



काठमाडौं । हुप्रतिक्षित साउथ इन्डियन फिल्म‘मास्टर’  शुक्रबार (भोलि) देखि नेपालका हलमा पनि प्रर्दशन हुने भएको छ। 

कोरोनाको महामारीपछि भारतमा बिहीबारबाटै यो फिल्म सार्वजनिक भइसकेको छ। भारतमा महामारीपछि ठूलो ब्यानरको फिल्म सार्वजनिक भएको यो पहिलो फिल्म हो।

सार्वजनिक हुनुअघि नै सनसनी मच्चाएको फिल्मले पहिलो दिन नै २५ देखि ३० करोडको ओपनिङ गर्ने आँकलन गरिएको छ।

लोकेश कंगराजको निर्देशनमा बनेको तमिल फिल्मका दुई सुपरस्टार विजय र विजय सेतुपतीलाई सँगै हेर्न दर्शकहरु उत्साहित देखिएका छन्। फिल्मको रिलिजअघि नै हजारभन्दा बढी सोको टिकट बिक्री भइसकेको छ।

नेपालमा समेत यी दुई अभिनेताको फ्यान फलोइङ निकै छ। त्यसैले फिल्म लागेसँगै नेपालका हलमा पनि चहलपहल सुरु हुने हलवालाले आश गरेका छन्।

हालै सरकारले सिनेमा हल खोल्ने अनुमति दिएपछि नेपालमा पनि भोलिदेखि ‘मास्टर’  प्रदर्शन हुँदैछ।



प्रतिक्रिया दिनुहोस !