१६ आश्विन २०८०, मंगलवार

अल्पायुमा नै आमालाई गुमाउन पर्दाको गहिरो शोकमा आधारीत कृष्ण अर्यालद्वारा लिखित आमा ‘शोक काव्य’



facebook sharing button
twitter sharing button
email sharing button
whatsapp sharing button
sharethis sharing button

कृष्ण अर्याल, आमा ‘शोक काव्य’ मेरो पहिलो प्रयास हो । २०३२ साल फाल्गुन १४ गते बेलुका १० बजे कहाली लाग्दो घटना घट्यो । मेरी आमा टीका देवीको अल्पायु मै निधन भयो । आमाको गहिरो शोकमा झरेका आशुका दानालाई मैले कविताको रुपमा व्यक्त गरेको छु , हुनत यो आशुनै हो । यसले पाठकलाई के दिन सक्लार तर पनि ,

म अब बस्न पाउन्न कठै आमाको काखमा’
आमाको माया र ममताबाट बन्चित भएर

मैले जे जे गरेपनि अब मेरी आमाले हेर्दिनन्, देख्दिनन् त्यसैले,

म दुध प्युथे समाइ उनको पोतेको झुप्पामा
सम्झदा आँसु बगेर पुग्छ गालाको टुप्पामा’

यसका केही अंश बारा जिल्लाको सिद्धेश्वर सं.मा विद्यालय मुखपत्र भारतीमा २०३६ सालमा प्रकाशित भएको थियो भने बाराकै प्रतिनिधि पत्रिकामा पनि केही अंशहरु प्रकाशित भएको छ ।
यस शोक काव्यमा भएका गल्ती कमजोरीहरु समस्त बुद्धिजीवीहरुबाट औल्याई रचनात्मक सुझाब दिनु भए मलाई साहित्य क्षेत्रमा अगि बढ्न प्ररणा एवं हौसला मिल्ने थियो साथै साहित्य प्रति मेरो प्ररणका स्रोत श्रद्धेय गुरु वेदव्यास उपाध्याय (निर्मोही व्यास)  ज्यु प्रति म आजीवन रिणी छु ।

अन्तमा
‘कोइली रुन्छे वनमा हरे वसन्त सम्झर
म पनि रुन्छु घरमा हरे आमालाई सम्झेर’

आमा ‘शोक काव्य’

सम्चार आयो ‘आमा छिन् तिम्री सिकिस्त’ भनेर
मिमिरे उषा मुसुक्क हाँसिन म हिंडे रोएर,

तुवाँलो लागि जीवन मेरो दुर्दिन जस्तो भो
गहमा मेरो आँसुका ढिका अत्यन्त सस्तो भो,

फागुन महिना तै पनि मेरो मुटुमा जलन भो
कसरी लेखु मनको व्यथा चल्दैन कलम यो,

रातको बीच लाग्दछ डर जंगली बाटो छ
बाटोमा पानि कुलकुल गर्छ चिप्लिने माटो छ,

मन यो मेरो घरमा पुग्छ आमाको साथमा
खुइय्य गर्दै म हात राख्छु अभागि माथमा,

आपत सही गुहारी दैव घरमा पुगेम
बोलाएँ रुदै ए आमा , भनि जवाफ आएन,

उनको अन्त्य नजिक आइ पुगेको रहेछ
भेटमा मेरो उनको धोको बसेको रहेछ,

ए मेरो आमा ए मेरो आमा म तिर हेरन
नबाउ मुख नपार फुस्रो नयन हेरन,

तुलसी पानी मुखमा पग्यो घुटुक्क निलन
म कान्छोलाई हेरेर आमा केही त भनन्,

नलिप भाउजु नलिप भाउजु आगनमा गोवरले
यी मेरो आमा सुत्दिनन् त्याहाँ नलिप गोवरले,

चिसोले खान्छ यिनलाई हरे नसुताउ भुइमा
विन्ती छ, मेरो ए दाजुहरु नसुताउ चीसोमा,

निसास्एिलन उनको मुख कात्रोले नछोप
म हेरी बस्छु आमालाई मेरो कात्रोले नछोप,

नसमाउ मलाई नछेक मलाई गाउँले सज्जन
म गर्छु अब आमाको अन्तिम दर्शन,

ए आमा तिम्रो मुहार अब म देख्न पाउन्न
छलिए आमा दर्शन तिम्रो कहिल्यै पाउन्न,

अभागी रेछु टुहुरो भएँ आमाले छाडेर
मलाई बरु लैजा ए दैब उनलाई छोडेर,

झुल्कन्न अब कहिल्यै मेरी जननी अस्ताइन
हाँस्दिनन् कैल्यै मुसुक्क अब सधैलाई ओइलाइन,

अध्यारो राती तुलसी साथी पाएर निदाइन
ती मेरी आमा ती प्यारी आमा सधैलाई निदाइन,

म अब बस्न पाउन्न कठै आमाको काखमा
गुराँस फुल फुल्दैन अब पहाड पाखामा,

जुनले शीत झार्दैन अब रुखको पातमा
घामले झुल्का छर्दैन अब सगरमाथामा ,

गाउँलेहरु सम्झाई भन्छन् ‘ संसार यस्तै हो
जीवन हाम्रो वर्षाको वेला बुल्बुला जस्तै हो’,

म घुक्का छोडी म डाको छोडी झस्केर रुन्छु झन
बस्दछ गला म रुदा रुदै नयन सुनिन्छन्

सपनी भित्र दर्शन उनको म पाइरहन्छु
विपनीबीच नपाई उनलाई म रोइरहन्छु,

नयन मेरो टलपल हुन्छ आमाको मायाले
फुट्दछ मुटु सिम्सार सरी उनको छायाले,

यो मेरो घाउ चर्कन्छ औधि प्रत्येक पलमा
खोजेर हारे पाईन कतै दुःखको मलम,

म दुध प्युँथे समाई उनको पोतेको झुप्पोमा
सम्झँदा आँसु बगेर पूग्छ गालाको टुप्पामा,

म रोइरेछु विछोडमा तिम्रो ए आमा हेरन
कहिले काहीँ त आई मेरो खवर लेउन

पहिले जस्तै ए आमा मलाई हँसाइदेउन
वाल्सल्य छर्दै मुखको मेरो चम्बन लेउन,

यो छाती भरी छायको उनको मधुर सम्झना
सँगाली रुदै बस्दछु सधै गरेर बिलैना

ती धर्म क्रर्म र तीर्थ गर्न आगाडि सर्दथिन
सत्कार सेवा सबैलाई सधै उत्तिकै गर्दथिन,

दैवले लग्यो चुंडेर हरे घरको सिंगार
टुहुरा भए यो घरवार जङ्गल पहाड,

झझल्को तिम्रो असाध्यौ लाग्छ स्वप्नामा भेटन
बिपनी बीच नआए पनि स्वप्नामा भेटन,

मनमा सोच्छु आमा त मैले खरानी बनाएँ
अस्तिनै मैले त्रिशुली तिरम खरानी बताएँ,

यहाँ छु आमा म तिम्रो त्यहाँ के गर्दै होउनी  ?
म रुन्छु यहाँ कोक्किई तिमी के बुझ्दी हउनी ?

मनमा यस्तै लाग्दछ आमा सम्झन्छु झलझली
आँखाको सामु मुहार तिम्रो देख्दछु झलझली,

उति नै खेरी भरङ्ग हुन्छु झल्झली सम्झन्छु
मुखमा बत्ती दिएको मैले झल्झली सम्झन्छु,

भावना भित्र रहन्छिन आमा कविता बनेर
विपनी बीच आउँन्न अब सपनी छाडेर ,

हाँस्दिनन् आमा रुदिनन् अब हामीलाई देखेर
गाएर बस्छिन् तृप्तिको गीत स्वर्गमा डुलेर ,

हेर्दिनन् तिनी फर्केर अब पहाड पाखामा
बस्दिनन् तिनी छहारी मुनी रुखको काखमा,

आमाको माया आमाको छाया सक्दिन बिसर्न
मायाको पोको छाडेको तिनले सक्दिन विर्सन,

कहिले काहीं विस्मृत बन्छु सम्झेर झल्झली
के गरी बसुँ सधैनै आँसु झारेर झल्झली

दुःखको मलम हरेर लग्यो दैवले दिएन
मागेर हारे भाकेर हारे क्यै गरे भएन,

दिएर जन्म कोखमा आफ्नो हुकाई बढायौ
टुहुरो पारी मलाई अब कसरी बिलायौ,

ए मेरी आमा  ! ए मेरी आमा मरेर गयौ नी
आखिर यहाँ मलाई हरे छाडेर गयौ नी

रात र दिन नभनि आमा काममा खट्यौ नी
ढिकी र जाँतो अरुको गरी हामिलाई पाल्यौ नी,

छिमेकी मलाई भन्दैछन हरे आसुनै झरेर
आन्दसित भरपेट खान कहिल्यै पाइनौं रे,

सन्तानको कमाई नखान पाई दुःखैमा गयौ नी
अल्पायुमा नै मलाई हरे छाडेर गयौ नी,

लगिनौ आमा साथमा मलाई निठुरी भएर
के गरी बसुँ के गरी सहुँ आँसु नै पिएर,

मधुर तिम्रो त्यो बोली आमा म कहाँ सुनुला
अब त तिम्रो असिम माया म कहाँ पाउँला,

बात्साल्यपुर्ण म तिम्रो वोली कहिले भुल्दिन
अमृत रुपी त्यो अर्ती तिम्रो म कहिले भुल्दिन ,

बाँकी क्यै छ कि सपनामा आई फेरि नि भनन,
कहाँ गयौ आमा कहाँ गयौ हरे मलाई भनन्,

कहिले काही मागेर विदा त भेट्न आउन
बालखलाई फुल्याई आउँछु भनेर आउन,

सम्झनालाई पारेर पोको म यहाँ बस्तिन
म पनि आउँछु म पनि आउँछु ए आमा ! पर्खन,

त्यसैले आमा मायाको तिम्रो मधुर सम्झना
सँगाली रुन्छु ह्दय खोली गरेर विलौना,

कोइली रुन्छे बनमा हरे वसन्त सम्झेर
म पनि रुन्छु घरमा हरे आमालाई सम्झेर,

तस्वीर खिच्छु मनमा तिम्रो छायाँको भरमा
विहान बेलुका गएर हेर्छृ सालभारी डाडाँमा
मलाई सम्झि आउँछ्यौ कि आमा भनेर घरमा,

टुहुराको आँसु उठाइकन त्रिशुली बग्दछिन
आगोले खायो आगोले खायो ती आमा बिलाइन्,

दुधको घुट्का पिलाउने आमा यहिनै बिलाइन
ए बन पाखा ती मेरी आमा यही नै विलाइन्

सिरिरी बतास चल्दछ हरे लुगलुग काँप्दछु
आमाको निम्ति जलले आफ्नो अँजुली भर्दछु,

कहिले पानी उनलाई दिन्थे लोटामा लगेर
उनैलाई आज दिदैछु पानी अँजुली भर्दछु,

ए साना बुटा डाँडामा गइ उभेर हेरन
पुर्यायो कहाँ खरानी उनको वगाई भनन,

त्रिशुली गङ्गा !  खरानी उनको विस्तार लगिदेउ
हावाले अन्तै उडाई देला राम्रोरी लगिदेउ,

बगेर ढुङ्गा तिमीले मेरी आमालाई हेर है
कहिले काही यहाँ फकिन्भने मलाई बोलाउ है,

वनको प्यारी कोइली मेरी भेटेर भनिंदेउ
त्रिशुली तिरमा रोइरहेछ छोरो भनेर भनि देउ,

आमाको माया आमाको छायाँ मनमा वोकेर
खरानी उनको बगाई लाने त्रिशुलो हेरेर,

मनमा पीडा आँखा आँसु वोकेर रुदैछु
भलभली आँसु झारेर हरे म आज रुदैछु,

नसम्झाउ मलाई डाँडा र काडाँ वन र पाखा हो
केही गरी पनि आउदिनन् तिम्री भनेर आमा हो,

मरेकालाई बचाउन यहाँ औषधि खोज्दैछु
अल्पायुमा नै मरेर जान नपर्ने पार्दैछु,

त्यसैले हरे म आज यहाँ औषधि खोज्दैछु
मानिसलाई हँसाइकन बचाउन खोज्दै छु ।।



प्रतिक्रिया दिनुहोस !