२१ बैशाख २०८१, शुक्रबार

गायक रुद्रसेनको मैथिली गित ‘प्रितके बन्धन’ को छायांकन सम्पन्न



काठमाडौ ।नेपाली तथा मैथिली लगायतका विभिन्न नेपाली भाषाका गीत गाएर दर्शकश्रोता माझ लोकप्रिय बनेका बहुप्रतिभावन गायक रुद्रसेन विश्वकर्माको आधा दर्जन गीत समावेश गरिएको भिडियो एल्बम ‘प्रितके बन्धन’ यही पौष २४ गतेका दिन जनकपुरमा अवस्थित नेपालकै पवित्र धाम जानकी मन्दिरमा शुभ मुर्हत गरी छाँयाकन सम्पन्न भएको छ ।

भिडियोमा गायक रुद्रसेन लगायत तराईका बहुचर्चित आधा दर्जन मोडल लजिना सुवेदी, पुजा ठाकुर, लिजा कौसल, माही खान, रोजिना क्षेत्री, डेब्यु सविका भट्टराई लगायतको मुख्य अभिनय तथा दुई दर्जन पुरुष कोरस डान्सरहरु सहितको दमदार नृत्य पनि रहेको छ ।

‘प्रीतके बन्धन’ एल्बममा ‘प्रीतके बन्धन’-शिर्ष गीत, ‘आबन बैठ भट्भटिया’, ‘जेकराले हम अप्पन समझली ओहे ४२०’, ‘लव करे दे’, ‘हम हुँ जाइछी विदेश’ तथा ‘नमस्ते मिथिला’ बोल रहेको आधा दर्जन गित समावेश रहेको छ ।

एल्वममा समावेश रहेको दुईवटा रोमान्टिक गीत ‘आबन बैठ भट्भटिया’ र ‘लव करे दे’को भने शुटिंग सम्पन्न भएको तथा अन्यको शुटिङ हुने क्रममा रहेको गायक रुदेसेनले बताए ।

निर्मात्री निर कुमारी विश्वकर्मा(सविना)को निर्माण रहेको यस एल्वममा गायक, गीतकार तथा संगीतकार रूद्रसेन विश्वकर्माकै एकल शब्द तथा सङ्गीत रहेको छ भने दर्जनौ सुपरहिट गीतको भिडियो निर्देशन गरिएसकेका निर्देशक प्रदिप कुमार रसाइलीको निर्देशन रहेको छ ।

छायाँकन सम्पन्न भएका दुवै गीतको संगीत संयोजन मिक्सिङ्ग कुशल गायक एरेन्जर पारस मणीले गरेका हुन् भने दुईगीत मध्ये ‘लव करे दे’मा निर्देशक प्रदिप कुमार रसाइली र रूद्रसेनकै वहुचर्चित मैथिली गीत ‘कानोमे आहाँके झुम्का’ लगायत दर्जनौ नेपाली गितहरुमा र चलचित्रमा अभिनय गरिसकेकी नायिका रिचा थापाको रोमान्टिक डान्स रहेको छ ।

‘आबन बैठ भट्भटिया’मा गायक रूद्रसेनको एकल स्वर समावेश रहेको छ भने “लव करे दे’मा गायक रूद्रसेनलाई गायिका सोनी कुमारीले साथ दिएकी छिन् । यसैगरी ‘आवन बैठ भट्भटिया’ गायक रुद्रसेनलाई पारस मणी साथै गायक शशी झाले सामुहिक स्वरमा साथ दिएका छन् ।

जानकी मन्दिरबाट सुरु गरी जनकपुरको सेरोफेरोमा सम्पन्न गरिएको भिडियोमा छायाँकार नविन गिरिको छायांकन तथा सम्पादन रहेको छ भने ड्रोन क्यामेरा मार्फत जनकपुर वारीपरिका दृश्यलाई आकर्षक ढंगले राजु सर्राफले समेटेका छन ।

एल्बमका गीत तथा भिडियोहरु भने गायक रूद्रसेन विश्वकर्माकै अफिसियल युट्युब च्यानल रुद्रसेन विश्वकर्मामार्फत रिलिज गरिने तयारी भई रहेको छ ।



प्रतिक्रिया दिनुहोस !