२० बैशाख २०८१, बिहीबार

त्रिविको ४६ औँ दीक्षान्त समारोह सम्पन्न



५६ हजार ७१३ विद्यार्थी दीक्षित

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री र सहकुलपति शिक्षामन्त्रीको सहभागिताविना ४६ औँ दीक्षान्त समारोह सम्पन्न भएको छ ।

राजनीतिक प्रतिकूलताका कारण प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति केपी शर्मा ओली सोमबारको दीक्षान्त समारोहमा गएनन् । शिक्षामन्त्रीले राजीनामा दिएका कारण सहकुलपतिसमेत दीक्षान्त समारोहमा उपस्थित भएनन् ।

कुलपति कार्यक्रममा नजाने भएपछि केपी शर्मा ओलीले उपकुलपतिलाई दीक्षान्त समारोहको अध्यक्षताको अधिकार दिएका थिए । पूर्वराष्ट्रपति डा.रामवरण यादवको प्रमुख आतिथ्यतामा दीक्षान्त समारोह सम्पन्न भएको हो । ओली समारोहमा उपस्थित नभए पनि भिडियोमार्फत सम्बोधन गरेका थिए । दीक्षान्त समारोहमा भिडियो क्लिपमार्फत सम्बोधन गर्दै कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले दीक्षित विद्यार्थीलाई राज्यको कल्याणमा संलग्न हुन आग्रह गरे ।

उच्च शिक्षामा त्रिभुवन विश्वविद्यालयले खेलेको अग्रणी भूमिकाको प्रशंसा गर्दै प्राविधिक दक्ष जनशक्ति निर्माण गरी मुलुकको रूपान्तरणमा नेतृत्वदायी भूमिका निर्वाह गर्न आग्रह गरे । ४६औँ दीक्षान्त समारोहबाट ५६ हजार ७१३ विद्यार्थी दीक्षित भएका छन् । तर, समारोहमा भने त्रिविले ८३ विद्यार्थीलाई मात्र निम्ता गरेको थियो । कोभिडका कारण विद्यावारिधि र विषयगत उत्कृष्टता हाँसिल गरेका विद्यार्थी मात्रै उपस्थित गराएको थियो ।



प्रतिक्रिया दिनुहोस !