६ बैशाख २०८१, बिहीबार

कतार आइपुग्यो कोरोना भ्याक्सिन, बुधबारबाट खोप लगाउन सुरु



दोहा । फाइजर र बायोएनटेक कम्पनीले निर्माण गरेको कोभिड–१९ विरुद्धको पहिलो खोप सोमबार साँझ कतार आइपुगेको छ ।

भ्याक्सिन भोली (बुधबार)बाट खोप लगाउन थालिने हमाद मेडिकल कर्पोरेशनका संक्रामक रोग प्रमुख डा.अब्दुल्लातीफ अल खलले पत्रकार सम्मेलन गर्दै जानकारी दिएका छन् ।

कतारले महामारीविरूछ आफ्नो इतिहासको सबैभन्दा ठूलो खोप कार्यक्रम सुरु गर्न लागेको डा.अल खलले बताए । सोमबार दोहामा पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै डा.खलले खोप वितरण गर्ने पहिलो चरण डिसेम्बर २३ देखि जनवरी ३१ सम्म चल्ने समेत बताए ।

यस्ता व्यक्तिहरुले पहिलो चरणमा खोप लगाइने छ

७० वर्ष वा माथि उमेरका सबै व्यक्तिहलाई खोप दिइनेछ । कोभिड–१९ मा खटिएका स्वास्थ्यकर्मीहरू र अन्य कर्मचारीहरू पनि खोपको प्राथमिकतामा पर्नेछन् ।

मुख्य मन्त्रालयहरूमा पहिलो भूमिका खेल्ने आधारभूत कार्यकर्ताहरूलाई खोपमा प्राथमिकता दिइने जनाइएको छ।

१६ वर्ष वा सो भन्दा बढी उमेर समूहका गम्भीर र दीर्घ रोगीहरूका लागि खोप उपलब्ध हुने डा। अल खलले बताए ।

सुरुमा कतारले यहाँका सात प्राथमिक स्वास्थ्य सेवा केन्द्रहरू मार्फत खोप दिने जनाएको छ ।

अल वजबा, लीबाइब, अल रुबैईस, उम सलाल, रावदत अल खाइल, अल थुमामा र मुइथर स्वास्थ्य सेवा केन्द्रहरूबाट खोप लिन सकिनेछ ।

यसका लागि छानिएका बिरामीहरूलाई फोन वा एसएमएस मार्फत सम्पर्क गरिनेछ र उनीहरूलाई तोकिएको स्वास्थ्य केन्द्रहरू मध्ये कुनैबाट खोप दिइने मिति सूचित गरिनेछ।

कतारले २०२१ भित्रमा आप्रवासी नागरिकसहित अन्य सबैलाई कोभिड–१९ विरुद्धको खोप निशुल्क रुपमा उपलब्ध गराईसक्ने जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !