२१ बैशाख २०८१, शुक्रबार

रहेनन् गायक धुव्र केसी



काठमाडौं । नेपाली आधुनिक गीतसंगीतका साधक धुव्र केसीको ७५ वर्षको उमेरमा बिहीबार निधन भएको छ।

भैँसेपाटीस्थित अर्किड केयर सेन्टरमा उपचारका क्रममा उनको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको हो। उनी लामो समयदेखि पार्किन्सन रोगबाट पीडित थिए।

गायक केसीका मायालु हजार हुन्छन्, नरोउ नरोउ साइली, अरु कालो रेलको धुँवाले, तिम्रो माया कागजको, सबैले भन्छन्, नचिनेको जस्तै तिमीले गर्न सकेको कसरी, बगी जाने खोला आदि गीत लोकप्रिय छन्।

उनको परिवारमा तीन छोरी रहेका छन्।उनी नायक भुवन केसीका सहोदर काका पनि हुन्। उनको आजै पशुपती आर्यघाटमा दाहसंस्कार गरिने उनका भाइ विनोद केसीले बताए।



प्रतिक्रिया दिनुहोस !