१२ बैशाख २०८१, बुधबार

दाहाल-नेपाल समूहको काठमाडौं केन्द्रित विरोध सभा सुरु



९ माघ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहले आज काठमाडौंमा आयोजना गरेको प्रतिनिधिसभा विघटनको विरुद्धमा विरोध सभाको सूरु भइसकेको छ । राजधानीका विभिन्न ठाउँबाट जुलुशहरु निस्करहेका छन् ।

राजधानीका मूख्य स्थानहरु कोटेश्वर, तीनकुने, वानेश्वर, कालीमाटी, माइतीघर, कुपण्डोल, त्रिपुरेश्वर आदि स्थानबाट जुलुश निस्किएकाले सार्वजनिक यातायातहरु समेत अस्तव्यस्त भएका छन् ।

नेकपा केन्द्रीय संघर्ष समितिले आजको विरोध सभामा पार्टीका स्थायी कमिटी सदस्यसहितका नेताहरुको नेतृत्वमा माइतीघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपन्डोल, प्रदर्शनीमार्ग, त्रिचन्द्र कलेज, शान्तिबाटिका, वाल्मिकी क्याम्पस लगायतका स्थानबाट जुलुस निस्किने बताएको छ ।

उपत्यकाका विभिन्न ठाउँबाट निस्किएको जुलुश रत्नपार्कमा जम्मा भई मुख्य जुलुशमा परिणत हुनेछ ।

मुख्य जुलुश पार्टी अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालको नेतृत्वमा रत्नपार्क, सुन्धारा, भद्रकाली, पुतलीसडक हुँदै भृकुटीमण्डपमा विरोध सभामा परिणत हुनेछ ।

विरोधसभामा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल लगायतका नेताहरुले सम्बोधन गर्ने बताइएको छ। आजको विरोध प्रदर्शन तथा सभा शान्तिपूर्ण हुने नेकपाले बताएको छ ।

नेकपा प्रवक्ता तथा केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले प्रतिनिधिसभा सुचारु नहुञ्जेलसम्म संघर्षको कार्यक्रम जारी रहने बताए ।

संयोजक श्रेष्ठले संघर्षको कार्यक्रमले संवैधानिक अंगलाई संविधानले निर्दिष्ट गरेको भूमिका स्वतन्त्रतापूर्वक निर्वाह गर्नको निम्ति वातावरण निर्माण हुने दाबी गरेका छन् ।

अहिले भरखरै प्रारम्भ भएको जुलुशमा माइतीघबाट नेताहरु गणेश शाह, गिरिराजमणि पोखरेल, मातृका यादव, लीलामणि पोखरेल, हरिबोल गजुरेल, पेशल खतिवडा लगायत सहभािग छन् भने डिल्लीबजार, चारखालबाट वर्षमान पुन र वेदुराम भुसाल लगायतका नेताहरु सहभागि छन् ।

यसैगरुी लैनचौरबाट भीम रावल, शक्तिबहादुर बस्नेत, नन्दकुमार प्रसाईं लगायतका नेताहरु सहभागि भएका छन् छन् कुपण्डोलबाट देवेन्द्र पौडेल, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे आदि नेता सहभागि भएका छन् ।

त्रिपुरेश्वरबाट कृष्णबहादुर महरा, पम्फा भुसाल, रघुजी पन्त, नन्दकुमार थापा लगायतका नेताहरु सहभागि हुँदैछन् भने प्रदर्शनी मार्गबाट घनश्याम भुसाल र जनार्दन शर्मा लगायत नेताहरु सहभागि भएका छन् ।

शान्तिवाटीकाबाट मजदुरको जुलुसमा नारायणकाजी श्रेष्ठ र योगेश भट्टराई लगायतका नेता सहभागि छन् । त्रिचन्द्र कलेजबाट देव गुरुङ, हितमान शाक्य, रामकुमारी झाँक्री र लेखनाथ न्यौपानेले लगायत नेताहरु सहभागि छन् भन् वाल्मिकी क्याम्पसबाट अमृत बोहोरा, मुकुन्द न्यौपाने, विष्णुपुकार श्रेष्ठ लगायत नेताहरु सहभागि भएका छन् ।



प्रतिक्रिया दिनुहोस !