१२ बैशाख २०८१, बुधबार

दाहाल-नेपाल समूहको विरोध प्रदर्शनले काठमाडौंमा सवारी अस्तव्यस्त



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहको विरोध प्रदर्शनले काठमाडौंमा चल्ने सवारी–साधन अस्तव्यस्त बनेका छन् ।

नेकपाले आज काठमाडौंका राजधानीका विभिन्न ठाउँबाट जुलुशहरु निस्करहेका छन् । जसका कारण सवारी–साधनका साथै नागरिकलाई हिड्न समेत सास्ती भएको महानगरीय ट्राफिक महाशाखाकाले जनाएको छ । महाशाखाका अनुसार रिङरोड भएर भित्री चोकतर्फ आउने ठूला सवारी–साधनलाई ‘डाइभर्सन’ गरिएको छ ।

प्रदर्शनीमार्ग हुँदै चल्ने सवारी–साधनलाई सभागृहमोड र पद्यमोदयबाट आउने–जाने व्यवस्था मिलाइएको छ । रणोद्धीपबाट भोटाहिटीतर्फ आउने–जाने सवारी–साधनलाई डाइभर्सन, भोटाहिटीबाट जमल हुँदै घन्टाघरतर्फ आउने सवारी–साधनलाई तीनधारा पाठशाला हुँदै महेन्द्र सालिकतर्फ पठाइएको छ ।



प्रतिक्रिया दिनुहोस !